शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

काठमाडौंकाे मेयर निर्वाचित बालेनका समर्थकहरुले विजय र्‍याली निकाल्ने, यस्तो छ र्‍यालीको रुट

बिहिबार, जेष्ठ १२ २०७९

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन साहका समर्थकहरूले विजय र्‍यालीको तयारी गरेका छन् ।

र्‍याली केही समय पछि सभागृहबाट सुरु भएर भद्रकाली, शहीदगेट हुँदै कालीमाटीबाट कलंकी हुँदै स्वयम्भु, बालाजु, महाराजगञ्ज, चाबहिल, गौशाला, एयरपोर्ट, सिनामंगलबाट पुरानो बानेश्वर, मैतीदेवी, पुतलीसडक, बागबजार हुँदै खुल्लामञ्चमा गएर समापन हुने बालेनका समर्थकले जारी गरेको सूचनामा भनिएको छ ।

आफूलाई पायक पर्ने समय र स्थान मिलाएर आफू व्यक्ति वा समूह र्‍यालीमा मिसिन सक्ने सूचनामा भनिएको छ ।

बालेनले विजय जुलुस निकाल्ने पक्षमा नरहेको भन्दै आ–आफ्नै क्षेत्रमा धन्यवाद र्‍याली आयोजना गर्न सार्वजनिक आह्वान गरे पनि समर्थकहरूले काठमाडौंमै जुलुस निकाल्ने तयारी गरेका हुन् । 

र्‍याली सभ्य र अनुशासित किसिमको हुने तथा कसैको विरोध नगरिने बताइएको छ ।