काठमाडौं – बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी काठमाडौंको स्युचाटारबाट पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले सर्लाही जिल्लाको साविक हरिपुर गाविस वडा नं ८ हाल हरिपुर नगरपालिका वडा नं १ घर भई हालको अवस्थामा काठमाडौ जिल्लाको स्युचाटार बस्ने ३४ बर्षिय नरेन्द्र प्रकाश सुवेदीलाई पक्राउ गरेको जानकारी दिएको छ ।
कार्यालयकाका अनुसार राम बहादुर बि.क को जाहेरीले बादी नेपाल सरकार र प्रतिवादी सुवेदी भएको मुद्धामा उच्च अदालत पाटनले सुवेदीलाई एक करोड १० लाख रुपैयाँ जरिवाना तोकेको थियो । सोही मुद्धामा उच्च अदालत पाटनले सुवेदीलाई २०७८ फागुन २० गते पक्राउ पुर्जी जारी गरेको थियो ।
पक्राउ पुर्जी जारी भए लगत्तै फरार भएका सुवेदीलाई अपराध अनुसन्धान कार्यालयले पक्राउ गरिएको जानकारी दिएको छ। पक्राउ परेका सुवेदीलाई अहिले थप अनुसन्धानको लागि जनसेवा प्रहरीमा पठाईएको छ ।