शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

राष्ट्र बैंकले जारी गर्ने १० अर्बको विकास ऋणपत्रको बोलकबोल भोली

बुधबार, जेष्ठ ११ २०७९

काठमाडौँ – भोलि पुन १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री हुने भएको छ । राष्ट्र बैंकका अनुसार सो दिन अपरान्ह तीन बजेसम्ममा विकास ऋणपत्र २०८१ “च” (दुई वर्षे) बिक्री गर्न लागिएको हो । 

ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले आवेदन दिन सक्ने छन् । निष्काशन मिति २०७९ जेठ १३ गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी मिती २०८१ जेठ १३ तोकिएको  छ ।

ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाईने सुविधा रहेकोमा ऋणपत्रमा अर्धबार्षिकरुपमा व्याज भुक्तानी हुने र आर्जित व्याजदरमा व्याजकर समेत लाग्ने राष्ट्र बैंकले जनाएको छ । 

बिक्री गरिने कुल ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड र एक अर्ब ५० करोड छुट्ट्याइएको छ ।

खरीद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सकिने जानकारी पनि राष्ट्र बैंकले दिएको छ ।

Letter.JPG