शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

अजोड इन्स्योरेन्समा प्रमुख कार्यकारी खत्रीको कार्यकाल थप 

बुधबार, जेष्ठ ११ २०७९

काठमाडौं – अजोड इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीको कार्यकाल थप भएको छ ।

संचालक समितिको यही बैशाख १५ गते बसेको १०४ औं बैठकको निर्णयानुसार कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीको दोस्रो कार्यकाल चार बर्ष थप गरी स्वीकृतिका लागि बीमा समितिमा पेश भएको थियो । 

कम्पनीका अनुसार समितिबाट स्वीकृत प्रदान गरी यही जेठ नौं गते सोमबार पत्र प्राप्त भई पुनः चार बर्ष कार्यकालको पदभार सम्हालेको कम्पनीले जानकारी दिएको छ ।