शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

तुलसीपुर उपमहानगरको मेयर / उपमेयरमा एमालेको अग्रता कायमै

मंगलबार, जेष्ठ १० २०७९

दाङ । दाङ तुलसीपुर उपमहानगरपालिकामा एमालेको अग्रता कायमै छ ।

प्रमुख पदमा एमालेका टिकाराम खड्का एक हजार ६५० मतले अगाडि छन् । उनले हालसम्म २४ हजार ८९१ मत ल्याएका छन् भने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २३ हजार २०६ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा पनि एमालेको अग्रता कायम छ । एमालेका तर्फबाट उपमेयरका उम्मेदवार स्यानी चौधरीले २४ हजार ५७२ मत प्राप्त गरेर अग्रस्थान रहेकी छन् भने एकीकृत समाजवादीका जोगबहादुर रानाले १७ हजार ३३३ मत प्राप्त गरेका छन् । उनहरुबीच सातहजार २३९ को मतान्तर  छ । 

तुलसीपुरमा १३ वटा वडाको मतपरिणाम सार्वजनिक भइसकेकामा अहिले  वडा नं १२ मा माओवादी केन्द्रका खुसीराम चौधरी विजयी भए । यसअघिको स्थानीय तह निर्वाचनमा पनि यहाँ एमालेले विजयी हासिल गरेको थियो । उपमहानगरमा एक लाख एक हजार ४६० मतदाता रहेकामा ७४ हजार ३३६ जनाले मतदान गरेका थिए ।