काठमाडौं । काठमाडौं महानगरपालिकामा १ लाख ५० हजार ९०० मतगणना सकिँदा प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ५० हजारभन्दा बढी मत प्राप्त गरेका छन् ।
निर्वाचन आयोगको पछिल्लो जानकार िअनुसार उनले ५० हजार ६१ मत प्राप्त गरिसकेका छन् ।
यसैगरी सोही पदमा गठबन्धनको तर्फबाट उम्मेदवारी बनेकी नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठले ३१ हजार २९३ मत प्राप्त गरेकी छन् । सिर्जनाले भन्दा बालेनले १८ हजार ७६८ बढी मत प्राप्त गरेका छन् ।
काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट प्रमुखमा उम्मेदवारी दिएका केशव स्थापितले हालसम्म ३१ हजार २९३ मत प्राप्त गरेका छन् । यस्तै अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ८ हजार ८३० मत ल्याएका छन् ।
आयोगका अनुसार अब काठमाडौं महानगरपालिकामा ४० हजार १५५ मत गणना गर्न बाँकी रहेको छ । काठमाडौं महानगरपालिकामा १ लाख ९१ हजार ५५ मत खसेको थियो ।