शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

विश्वप्रकाशको गृहनगरमा गठबन्धन पराजित, मेयर/उपमेयरसहित अधिकांश वडामा एमाले विजयी

मंगलबार, जेष्ठ १० २०७९

झापा । मेचीनगर नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का गोपालचन्द्र बुढाथोकी २६ हजार ४७८ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत प्राप्त गरे । मेचीनगर नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मामो गृहनगर हो । यहाँ एमालेविरुद्ध कांग्रेससहितको पाँच दलीय गठबन्धन बनेको थियो ।

यसैगरी  उपप्रमुख पदमा एमालेकै मीना उप्रेती २१ हजार ५९० मत पाएर निर्वाचित भइन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार प्रकाश भण्डारीले १२ हजार ८१८ मत प्राप्त गरे ।

नगरका ११ वडामध्ये १, २, ३, ४, ५, ७, ९, १०, ११, १२, १३ का वडाध्यक्षमा एमाले विजयी बनेको छ भने वडा नं ६, ८ र १५ मा कांग्रेस र वडा नं १४ मा माओवादी केन्द्र विजयी बनेको छ ।
 
जिल्लाका १५ वटै पालिकाको मतगणनाको परिणाम आइसकेको छ । ती मध्ये  सात पालिकामा एमाले प्रमुख पदमा विजयी बनेको छ भने छ मा कांग्रेस र दुईमा राप्रपाले जित हासिल गरेको छ