काठमाडौं । नेपाल प्रहरीका पाँचजना डिआईजी एआईजीमा बढुवाका लागि सिफारिस भएका छन् ।
बढुवा समितिको बैठकले कार्यसम्पादन मूल्यांकन र ज्येष्ठताका आधारमा उनीहरुको नाम सिफारिस गरेको हो ।
बढुवा सिफारिस हुने डिआईजीहरुमा उत्तमराज सुवेदी,अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्द राज आचार्य र पुजा सिंह छन् ।
