झापा । झापा शिवसताक्षी नगरपालिकामा गठबन्धन उम्मेदवारलाई हराउँदै एमालेका उम्मेदवार विजयी बनेका छन् ।
एमालेबाट मेयर उम्मेदवार मेगाहाङ्ग थोप्रा र उपमेयरमा पनि एमालेकी उम्मेदवार नरमाया कार्कीले भारी मतान्तरले गठबन्धनका उम्मेदवारलाई पराजित गरे ।
एमालेका मेयर उम्मेदवार थोप्राले गठबन्धनका तर्फबाट कांग्रेसका पर्शुराम ढुंगानालाई ४,९११ मतान्तरले हराए । थोप्राले २१३७४ मत ल्याए भने निकटतम प्रतिस्पर्धी ढुंगानाले १६४६३ मत मात्र ल्याए ।
यसैगरी उपमेयरमा एमालेकी कार्कीले माआवादी केन्द्रका उम्मेदवार महेन्द्र भट्टराईलाई ४,६३० मतात्तरले हराइन् । एमालेकी कार्कीले १४१५५ मत ल्याउँदा माओवादी केन्द्रका भट्टराई ९५२५ मत ल्याएर पराजित बने ।