शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

बाराको महागढीमाई नगरपालिकामा कांग्रेस विजयी

आइतबार, जेष्ठ ८ २०७९

बारा । बाराको महागढीमाई नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले जित हात परेको छ ।

२०७४ को स्थानीय निर्वाचनमा विजयी भएका नेपाली कांग्रेसका उपेन्द्रप्रसाद यादव  र तारादेवी कानु  पुन: विजयी भएका छन् ।

यादवले १ हजार २ सय ९४ मतको फराकिलो मततन्तरले जित हासिल गरेका हुन । निवर्तमान मेयरसमेत रहेका यादवले ८६७० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाको तर्फबाट मेयर उम्मेदवार रामबाबु यादवले ७,३७६ मत ल्याएका छन् ।

उपमेयरमा पुनस् दोहोरिएकी तारादेवी कानुले ७,९९७ मत प्रात गरेकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी पुस्पान्जली देवीले ७,०१० मत पाइन् ।

कानुले निकटतम प्रतिद्वन्द्वी एमालेकी देवी भन्दा ९ सय ८७ मत बढी प्राप्त गरेर विजयी भएकी हुन् ।