काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् ।
उनले प्रमुखमा १० हजारभन्दा बढी मत अन्तरले अग्रता लिइरहेका छन् ।
केही समय अघि प्राप्त मत परिणामअनुसार प्रमुख पदका साहले २१ हजार ६२२ मतसहित अग्रता लिइरहेका छन् ।
उनलाई एमालेका केशव स्थापितले ११ हजार ३६ मतसहित पछ्याइरहेका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले १० हजार २६७ मत प्राप्त गरेकी छिन् ।
उपप्रमुखमा नेकपा एमालेकी सुनिता डंगोलले फराकिलो मतले अन्तर बढाइरहेकी छिन् । उनले १९ हजार ९५६ मतसहित अग्रता लिइरहेकी छन् ।
उनलाई गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले ६ हजार ३१६ मतसहित पछ्याइरहेका छन् ।
त्यस्तै राप्रपाकी बिनिता मगैयाले ३ हजार ४४९ प्राप्त गरेकी छन् ।
काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृमा मत गणना कार्य भइरहेको छ ।