बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

पोखरा मेयरमा गठबन्धनका धनराजको अग्रता कायमै, उपमेयरमा एमाले अगाडि

बिहिबार, जेष्ठ ५ २०७९

पोखरा । पोखरा महानगरपालिकामा एकीकृत समाजवादीले अग्रता कायमै राखेको छ ।

हालसम्म ४७ हजार ५६६ मतगणना हुँदा गठबन्धनबाट उम्मेदवार बनेका समाजवादीका धनराज आचार्यले १९ हजार ६१५ मत पाएका छन् । उनलाई एमालेका कृष्ण थापा १७ हजार ५१२ मतसहित पछ्याइरहेका छन् ।

उपमेयरमा एमालेका मन्जुदेवी गुरुङले २० हजार २ मत पाएका छन् । गठबन्धनका कोपिला रानाभाटको मत १९ हजार ७७४
रहेको छ ।
पोखरामा कुल १ लाख ४३ हजार २२६ मत खसेको थियो ।