बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

बागमती नगरपालिकाको मेयर र उपमेयर दुवैमा माओवादी विजयी

बिहिबार, जेष्ठ ५ २०७९

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । मेयरमा भरतकुमार थापा र उपमेयरमा लीलाकुमारी मोक्तान निर्वाचित भएका हुन् ।

थापा प्रतिस्पर्धी भन्दा तीन हजार ९८९ बढी मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । उनले ११ हजार ३५७ मत प्राप्त ग्दा निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका टंकबहादुर बस्नेत ‘गोकुल’ले ७ हजार ३६८ मत मात्रै पाए ।

मोक्तान पनि दोस्रो कार्यकालका लागि उपप्रमुखमा निर्वाचित भए । उनले १० हजार ८७९ मत प्राप्त गरी विजयी हुँदा निकटतम् प्रतिस्पर्धी एमालेकी सरिता घिसिङले ७ हजार ७०५ मत ल्याए ।