शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

वडाध्यक्ष उम्मेदवारको प्रतिनिधि बस्न बालेन पुगे ललितपुरको मतगणनास्थल

बुधबार, जेष्ठ ४ २०७९

ललितपुर । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन साह ललितपुर महानगरको मत गणनास्थलमा पुगेका छन् ।

उनी त्यहाँ ललितपुर महानगरपालिकाको वडा नम्बर १० का वडाअध्यक्षका उम्मेदवारको प्रतिनिधि बस्न पुगेका हुन् । 

वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका नरसिंह व्यन्जनकारको प्रतिनिधिको रूपमा सहभागि हुन पुगेका हुन् । व्यञ्जनकारलाई बालेनले आफ्नो राजनीतिक गुरु मान्ने गर्छन् । 

बालेन काठमाडौं महानगरको मेयरमा अहिलेसम्म सबैभन्दा बढी मतसहित अग्र स्थानमा छन् ।