काठमाडौं । वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनको मत गणना जारी छ ।
मत गणनाको शुरुवाति अवस्थादेखि नै काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ठूला दलका उम्मेदवारलाई पछि पार्दै अघि बढिरहेका छन् ।
धेरैले काठमाडौं कोर एरियामा पुगेपछि बालेन पछिपर्ने अनुमान गरेका थिए । तर एक वडापछि अर्कोमा समेत बालेननै बलियो बन्दै गएका छन् । उनले फराकिलो अ,ग्रता कायम गरेका छन् ।
पछिल्लो परिणामअनुसार बालेनले १५ हजार ७७५ मत प्राप्त गर्दा एमालेका केशव स्थापितले ८ हजार २५३ मत ल्याएका छन् ।
त्यस्तै, गठबन्धनका तर्फबाट कांग्रेसकी सृजना सिंहले ७ हजर ३४८ मत प्राप्त गरेका छन् । अहिलेसम्म स्थापित र सिंहको मत परिणाम जोड्दा पनि बालेनको धेरै छ ।