शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

बालेनको मत झन्डै १३ हजार पुग्दा केशव र सिर्जनाको कति?

बुधबार, जेष्ठ ४ २०७९

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका स्वतन्त्र मेयरका उम्मेदवार बालेन शाहले आफ्नो अग्रतालाई झन् फराकिलो बनाएका छन् । 

पछिल्लो मतपरिणाम अनुसार बालेन शाह नेकपा (एमाले) का मेयरका उम्मेदवार केशव स्थापित भन्दा ६ हजार मतले अगाडि रहेका छन् ।

शाहले १२ हजार ८ सय ९२ मत पाउँदा स्थापितले जम्मा ६ हजार ८ सय ८५   पाएका छन् । त्यस्तै, कांग्रेसका उम्मेदवार सिर्जना श्रेष्ठले ६ हजार १ सय ९ मत पाएकी छन् । उनी भन्दा बालेन ६ हजार ७ सय ८३ मत अगाडि छन् । 

काठमाडौँ महानगरपालिकामा अहिलेसम्म ३३ हजार १ सय २२ मत गणना भइसकेको छ ।