शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

मतगणनामा हाम्रा प्रतिनिधिलाई सीडीओ र सुरक्षाकर्मीले धम्क्याए

बुधबार, जेष्ठ ४ २०७९

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपमहासचिव तथा सांसद प्रदीप ज्ञवालीले स्थानीय निर्वाचनको मत गणनामा राज्य सत्ताको दुरुपयोग गरिरहेको बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मत गणनामा एमालेका प्रतिनिहरुलाई सीडीओ र सुरक्षाकर्मीहरु गएर धम्क्याएको आरोप लगाए ।

‘मत गणनामा समेत सीडीओ गएर धम्क्याउने हाम्रा मतगणना प्रतिनिधिहरुलाई सुरक्षाकर्मीहरु गएर धम्क्याउने काम भएको छ ।

राज्य सत्ताको दुरुपयोग भएको छ’, उनले भने ।