बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बुटवल उपमहानगरमा गठबन्धन उम्मेदवार खेलराजको अग्रता कायमै, उपमेयरमा एमाले  

मंगलबार, जेष्ठ ३ २०७९

बुटवल । बुटवल उपमहानरमा नेपाली कांग्रेसले फराकिलो मतान्तर बनाएको छ । बुटवलमा अहिलेसम्म १, २, ३, ४, ५, १९, १८, १७ र १६ को नतिजा आइसकेको छ ।

यहाँ १९ र १८ एमालेले जितेको छ भने १ मा स्वतन्त्रले जितेको हो । त्यस्तैगरि २ मा वडामा समाजवादी ३ मा माओवादी केन्द्र, ४, ५, १६ र १७ मा कांग्रेसले जित निकालेको छ । यहाँ १९ वटा वडा छन् ।

स्थानीय तह निर्वाचनको जारी मत गणनामा सत्ता गठबन्धनबाट मेयर पदका कांग्रेस उम्मेदद्वार कांग्रेसका खेलराज पाण्डेयले मतान्तरलाई फराकिलो बनाउँदै लगेका छन् ।

पाण्डेयले १० हजार ६११ मत प्राप्त गरेका छन् भने उनलाई नेकपा एमालेका बाबुराम भट्टराईले ७ हजार ८२ मत प्राप्त गर्दै पच्छ्याइरहेका छन् ।  भट्टराई पाण्डेभन्दा ३ हजार ३२९ मतले पछि छन् । यसैगरी राप्रपाका मृगेन्द्र शेरचनले २ हजार ६४ मत प्राप्त गरेका छन् ।

उपमेयर उम्मेदवारमा भने नेकपा एमालेकी सावित्रा अर्यालले अग्रता कायम राखेकी छन् । उनले गठबन्धनका चिनबहादुर गुरुङलाई २ हजार २२१ मतले पछि पारेकी छन् । अर्यालले ७ हजार ७७३ मत प्राप्त गर्दा गुरुङले कलम चिन्हमा ५ हजार ६८२ मत पाएका छन् । यसैगरि राप्रपाकी भगवती पाण्डे सैजुले २ हजार ३६३ मत प्राप्त गरेकी छन् ।

अहिले वडा न ६ र १५ को मतगणना भइरहेको छ ।