शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

जनता एउटा खराबको ठाउँमा अर्को खराबलाई भोट हाल्दैछन्: बाबुराम भट्टराई

मंगलबार, जेष्ठ ३ २०७९

काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणामलाई लिएर (जसपा), नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एउटा घतलाग्दो टिप्पणी गरेका छन् ।

उनले जनता स्थापित दलहरुसँग सन्तुष्ट नरहेको बताउँदै खराबले जितेको ठाउँमा अहिले अर्को खरावलाई भोट हाल्न जनता विवस भएको बताएका छन् ।

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको परिणाम आइरहेको बेला उनले यस्तो प्रतिक्रिया जनाएका हुन् । 

‘समग्र समीक्षा हुँदैगर्ला तर अहिलेसम्मको प्रवृत्तिबाट भन्न सकिन्छ–जनता स्थापित दलहरूबाट सन्तुष्ट छैनन्!,’ उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

सत्तामा शुन्यता होला भन्ने डरले मात्र जनताले उठेका मतदातालाई मत दिएको दाबी उनले गरेका छन् । जनतासँग विकल्प नहुँदा यस्तो अवस्था सृजना भएको उनले जनाएका छन् । 

‘नो भोटको प्राबधान नहुँदा र सत्तामा शुन्यता हुननसक्ने हुँदा पहिले एउटा खराबले जितेको ठाउँमा (भक्तपुर बाहेक) अहिले अर्को खराबलाई वा नयाँ व्यक्तिलाई हाल्दैछन् ! दुःखद कुरा विकल्प पनि छैन’, उनले भनेका छन् । 

७५३ स्थानीय तहमा भएको निर्वाचनमा डा भट्टराईको पार्टी जसपाले हालसम्म मात्र ३ पालिकाको प्रमुख जित्न सफल भएको छ ।

bb.PNG