म्याग्दी । गठबन्धका उम्मेदवारलाई पराजित गर्दै बेनी नगरपालिकाको मेयरमा नेकपा एमालेका सुरज केसी विजयी बनेका छन् ।
उपमेयरमा भने गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी ज्योती लामिछाने विजयी बनिन् ।
मेयरमा विजयी केसीले ७ हजार ६०३ मत र उपमेयरमा विजयी लामिछानेले ७ हजार ४३ मत प्राप्त गरे ।
मेयरमा प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार चिरञ्जीवी शर्माले ६ हजार २०४ मत प्राप्त गरे ।
त्यस्तै उपमेयरकी प्रतिस्पर्धी नेकपा एमालेकी पशुपती शाहीले ५ हजार ५०० मत प्राप्त गरेकी छन् ।
बेनी नगरपालिकाको वडानम्वर १ नेकपा एमालेका टेकबहादुर थापा २ वडामा कांग्रेसका याम कार्की, ३ वडामा माओवादी केन्द्रका पदमबहादुर पुन, ४ वडामा माओवादी केन्द्र अणबहादुर खड्का (भगवान), ५ वडामा एमालेका गोविन्द बानियाँ, ६ वडामा एमालेका कृष्णसिङ बानियाँ, ७ वडामा कांग्रेसका रमेश श्रेष्ठ, ८ वडामा एमालेका उत्तम कर्माचार्य, ९ वडामा कांग्रेसका चक्र केसी र १० वडामा एमालेका मस्विर रोका वडाअध्यक्षमा निर्वाचित भएका छन् ।
।