काठमाडौँ – मधेस प्रदेशको एक मात्र महानगर वीरगञ्ज महानगरपालिकामा पाँच दलीय गठबन्धनबाट मेयर उमेदवार राजेशमान सिंह एमाले लोसपा गठबन्धनका उम्मेदवार विजय कुमार सरावगीभन्दा ४ हजार १ सय ५० मतले अगाडि आएका छन्।
ताजा मतपरिणामअनुसार सतारूढ पाँच दलीय गठबन्धनबाट मेयर उम्मेदवार जसपाका राजेशमान सिंहले ७ हजार २ सय ४५ मत प्राप्त गरेका छन्।
एमाले र लोसपा गठबन्धनका मेयर उम्मेदवार नेकपा एमालेका विजय सरावगीले ३ हजार ९५ मत प्राप्त गरेका छन्।
यस्तै, पाँच दलीय गठबन्धनकै उपमेयरमा नेपाली काङ्ग्रेसका इम्तियाज आलमले ४ हजार ८ सय ८८ मत ल्याएका छन्। एमाले लोसपा गठबन्धनबाट उपमेयरका उम्मेदवार लोसपाका पुरुषोतम झाले ७७३ मत प्राप्त गरेका छन्।
यसैगरी, राप्रपाबाट मेयरका उम्मेदवार गिरिश गिरिले २४३ मत प्राप्त गरेका छन्। उपमेयरमा बिना जैसवालले ३८१ मत प्राप्त गरेकी छन्।
उपमेयरमा स्वतन्त्र उमेदवार रम्भा मिश्राले ५४६ मत ल्याएकी छन्। वीरगञ्ज महानगरमा सतारूढ पाँच दल कांग्रेस, नेकपा माओवादी केन्द्र,जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र जनमोर्चाबीच गठबन्धन बनेको छ भने अर्कोतर्फ एमाले र लोसपाबीच अर्को गठबन्धन बनेको छ।