शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कांग्रेसको किल्ला रोशीमा उदायो एमालेको सूर्य

मंगलबार, जेष्ठ ३ २०७९

काभ्रे । बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनको जारी मतगणना अनुसार कांग्रेसको गढका रुपमा रहेको रोशी गाउँपालिकामा एमालेले झण्डा गाडेको छ ।

कांग्रेससँग सधैं पराजय भोगेको एमाले यस पटक भने वडा नं १ मा प्यानलसहित विजयी हात पार्न सफल भयो ।

यो वडा कांग्रेस केन्द्रीय सदस्य गणेश लामा र एमाले युवासंघका उपाध्यक्ष अमित लामाको वडा भएकोले पनि निक्कै चासोका साथ हेरिएको थियो । दुवै नेताले प्रतिष्ठाको विषय बनाएको यस वडामा एमालेको प्यानल नै विजयी बनेको छ ।

कांग्रेसको वर्चस्व रहेको गाउँपालिकामा यस पटक जसरी पनि आफ्नो हातमा पार्न हेतुले स्थानीय नेतादेखि केन्द्रीय स्तरका युवा नेताको सकृयताका कारण कांग्रेसको  किल्लामा विजयी यात्रा सुरु भएको हो l

वडा न १ मा वडाअध्यक्ष श्रीदास लामाको प्यानल नै विजयी बनो भने गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पनि नेकपा एमालेले अग्रता लिएको छ । वडा न १ को मतगणना सम्पन्न हुँदा अध्यक्षमा एमालेका उम्मेदवार देवसागर लामाले एमालेले ६६३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट कांग्रेस उम्मेदवार दिनेश लामाले ५२९ मत प्राप्त गरेका छन्।

त्यसैगरी, उपाध्यक्षमा पनि एमाले कै उम्मेदवार बबिता बोहोराले ७२४ मत प्राप्त गरी अग्रता कायम गरेकी छिन भने गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार मिमबहादुर लामा (ज्वाला)ले २६९ मत प्राप्त गरेका छन् ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा रोशी गाउँपालिकामा २२ हजार ५४३ मतदाता रहेका छन् l जसमा ११ हजार ७९२ पुरुष र १० हजार ७५१ जना महिला मतदाता छन् ।