काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले प्रारम्भिक अग्रता लिएका छन् ।
काठमाडौंको १ र ३२ वडाको कुल ७५ मत गन्दा बालेन शाहले २२, सृजना सिंह १८ र एमालेका केशव स्थापित १३ मत प्राप्त गरेका छन्। राप्रपाका उम्मेदवार मदन दास श्रेष्ठले ३ प्राप्त गरेका छन्।
महानगरको मतगणना राष्ट्रियसभा गृह भृकुटीमण्डपमा जारी छ।