शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

भद्रपुरमा कांग्रेसलाई शुरुवाती अग्रता

शनिबार, बैशाख ३१ २०७९

भद्रपुर । झापाको पुरानो नगरपालिका भद्रपुरमा कांग्रेस उम्मेदवारले शुरुआती अग्रता लिएका छन् । आज बिहानबाट भएको मतगणना अनुसार मेयरका उम्मेदवार नेपाली  गणेश पोखरेलले ११८ मत ल्याउँदा नेकपा एमालेका अरुण राजबंशीले ७५ भोट पाएका छन् । राप्रपाका नवराज पनेरुले ७० भोट पाएका छन् ।
 
उपप्रमुखमा माओवादीका शिवकुमार राजभण्डारीले ११८ र एमालेका कौशल्या अधिकारीले ७८ मत ल्याएकी छन् । 
भद्रपुर कांग्रेस नेता कृष्ण सिटौलाको गृहनगर हो ।