शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

गठबन्धनका कार्यकर्ताले चौंरीदेउरालीको कार्तिके मतदान केन्द्रको मतपेटिका गरे तोडफोड 

शुक्रबार, बैशाख ३० २०७९

काठमाडौं । काभ्रेको चौंरीदेउराली गाउँपालिकास्थित एक मतदान केन्द्रमा तनावको स्थिति सिर्जना भएको छ ।

एक जनाको भोट परिवारभित्रकै अर्को व्यक्तिले हालेपछि विवाद सुरु भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी चक्रराज जोशीले बताए ।

मतपेटिका तोडफोड गरेसँगै गठबन्धन र एमाले कार्यकर्ताबीच झडप भएको छ । दुवैपक्षबीच हातहालाहालमा एमाले कार्यकर्ता घाइते भएका छन् । अहिले स्थिति नियन्त्रण बाहिर गएको छ ।

280926690_536006957927637_2053664858887274726_n.jpg

एमाले युवा नेतृ नविना लामाले एमालेको जीतलाई स्वीकार गर्न नसकेर कार्तिके देउराली बड़ा न ६ मा गठबन्धनले मत पेटिका फ़ुटाएको आरोप लगाएकी छिन्। सामाजिक सञ्जाल फेसबुक मार्फत उनले मतदान अधिकृत, गृह प्रशासनको पनि सहयोग निपक्ष नदेखिएको बताएकी छिन् ।

साथै उनले झडपमा  एमालेका एक कार्यकर्ता दिपकको अवस्था गम्भीर रहेकोसमेत लेखेकी छिन् ।

अहिले सर्वदीय बैठक बसिरहेको छ ।