डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । कांग्रेस सभापतिसमेत रहेका देउवाले गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् ।
मतदानका लागि प्रधानमन्त्री देउवा शुक्रबार बिहानै धनगढीबाट डडेल्धुरा पुगेका थिए ।
मतदान पछि देउवाले संक्षिप्त प्रतिक्रिया दिएका छन् । उनले सिंहदरबारका अधिकार गाउँगाउँमा पुगेको बताए । ुनिर्वाचन हुँदैन भन्ने शक्तिहरू पनि सामेल भएका छन्। स्थानीय तहको समृद्धि र विकासका लागि निर्वाचन महत्त्वपूर्ण थियो । अहिले निर्वाचन भएको छ,ु उनले भने ।
देउवाले गठबन्धनले कांग्रेस कमजोर नभएको बताए । कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले चुनावमा पनि तालमेल गरेको छ ।