शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मतदानपछि सुनिता डंगोलले भनिन्: मनपर्ने उम्मेदवारलाई भोट दिनुहोला

शुक्रबार, बैशाख ३० २०७९

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरकी उम्मेदवार सुनिता डंगोलले पनि मतदान गरेकी छिन् । 
नेकपा एमालेको तर्फबाट उपमेयरको उम्मेदवार बनेकी डंगोलले काठमाडौं महानगरपालिका २१ लगनस्थित फसिगाः मतदान केन्द्र पुगेर भोट खसालेकी हुन् ।

मतदान गरेपछि आफूलाई मन पर्ने उम्मेदवारलाई मत दिन उनले आग्रह गरेकी छिन् । आफ्नो मताधिकारको सदुपयोग गर्दै मन पर्ने उम्मेदवारलाई मत दिन आग्रह गरेकी हुन् ।