काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् ।
उनले बागबजारको पद्मकन्या क्याम्पसबाट मतदान गरेका हुन् ।
मतदान पछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले सम्पूर्ण मतदातालाई उत्साही भएर मत खसाल्न आग्रह गरे । उनले आफ्नो सबै प्रतिवद्धता पूरा गर्ने समेत बताए ।
आज स्थानीय निर्वाचन पहिलोपटक एकै चरणमा सम्पन्न हुन लागेको छ । ‘स्थानीय सरकार’को दोस्रो कार्यकाल चयन गर्न लागि आम मतदाता उत्साहपूर्वक मतदानमा भाग लिन सुरु गरेका छन् ।