शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

धनगढी उडेको श्री एयरलाइन्सको जहाजको इन्जिन फेल भएपछि काठमाडौंमा आकस्मिक अवतरण

बुधबार, बैशाख २८ २०७९

काठमाडौं । श्री एयरलाइन्सको विमान आज काठमाडौंमा आकस्मिक अवतरण गरिएको छ ।

इञ्जिनमा समस्या आएपछि धनगढी उडेको श्री एयरलाइन्सको विमान काठमाडौं फर्काएर आकस्मिक अवतरण गरिएको हो ।

८६ जना यात्रुसहित काठमाडौंबाट धनगढी गइरहेको उक्त विमानको बायाँ इञ्जिनमा समस्या आएपछि काठमाडौं नै फर्काइको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

विमानस्थल स्रोतका अनुसार २२३ उडान नम्बरको जहाज अहिले काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको र अब प्राविधिक जाँच गरिने छ ।

प्रतिकात्मक तस्वीर