शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

आज काठमाडाैंमा चुनावी सभा गर्दै एमाले, ओलीले सम्बाेधन गर्ने

मंगलबार, बैशाख २७ २०७९

काठमाडौँ l स्थानीय तहकाे निर्वाचनकाे माैन अवधि सुरु हुन केही घन्टा मात्र बाँकी रहँदा नेकपा एमालेले आज काठमाडौंको भृकुटीमण्डपमा चुनावी सभा आयाेजना गर्ने भएको छ।

एमाले काठमाडौं जिल्ला कमिटीकाे आयाेजनामा दिउँसाे २ बजे हुने सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले सम्बाेधन गर्ने कार्यक्रम छ।

एमाले काठमाडौं जिल्ला कमिटी सचिव राजेश शाक्यका अनुसार वडा-वडादेखि आउने जुलुस/र्‍याली सभा स्थल जानेछन् ।