काठमाडौँ l नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले माओवादी आफ्नो विचार, सिद्धान्त र नीतिबाट पछि हटेको आरोप लगाए । भरतपुरमा आयोजित सभालाई आइतबार सम्बोधन गर्दै उनले माओवादी केन्द्र पतनको बाटोमा गएको बताएका हुन् ।
‘नेकपा माओवादी केन्द्र पतनको दिशामा अगाडि बढेको छ । आफ्नो विचार, सिद्धान्त र नीतिबाट पछि हटेको छ,’ बादलले भने, ‘माओवादीहरु पुँजीपति वर्गमा परिणत भएको छ ।’ उनले आम माओवादी कार्यकर्ताहरुलाई भ्रमबाट मुक्त हुन आह्वान गरे । ‘चितवनका आम माओवादी कार्यकर्ताहरुलाई भन्न चाहन्छु । माओवादीको भ्रमबाट मुक्त हुनुहोस्,’ उनले भने ।
उनले भरतपुरका नेता तथा कार्यकर्तालाई धम्क्याउन आफू भरतपुर नआएको बताएका छन्। ‘म तपाईहरुलाई धम्क्याउको निम्ती यहाँ उपस्थित भएको छैन। म फकाउन र लोभ्याउनको लागि पनि उपस्थित भएको हैन। म सहयात्रीलाई घुक्र्याउन पनि उपस्थित भएको छैन,’ बादलले भने, ‘स्थानीय तह निर्वाचनको के महत्व छ भन्ने बारे धारणा राख्न चाहन्छु।’
अहिले देश ऐतिहासीक मोडमा आएको उनले जनाए । यो मोड नयाँ चुनौत र अवसर लिएर आएको उनले बताए।