बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मन्त्री मोक्तानलाई आयोगले माग्यो २४ घण्टे स्पष्टीकरण

बुधबार, बैशाख २१ २०७९

काठमाडौँ । निर्वाचन आचारसंहिता प्रतिकूल गतिविधि गरेको भन्दै बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । 

मन्त्री मोक्तान चुनावी प्रचार प्रसारमा निरन्तर खटिएको फोटोसहितको समाचार सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशन तथा सम्प्रेषण भएपछि उहाँलाई त्यसबारेमा के भएको हो आधार प्रमाणसहित आयोगलाई स्पष्ट गर्न अनुरोध गरेको छ ।

आयोगको पत्रमा भनिएको छ, ‘तपाईँ निर्वाचन आचारसंहिता २०७८ को दफा ५ को खण्ड (क) विपरीतको कार्य गरेको देखिँदा तपाईँलाई निर्वाचन आयोग ऐन २०७३ को दफा २३ बमोजिम किन कारवाही नगर्ने ? भन्ने विषयमा २४ घण्टा भित्र आधार प्रमाणसहित आयोगलाई स्पष्ट गरी स्पष्टीकरण दिन हुन आदेशअनुसार अनुरोध गरिन्छ ।