शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

देश विकासका लागि एमालेले जित्न जरुरी

बुधबार, बैशाख २१ २०७९

झापा– पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास, लोकतन्त्रको रक्षा र सार्वभौमसत्ता जोगाउन नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचन जित्न जरुरी रहेको बताएका छन् ।  

गृहजिल्ला झापाको मेचीनगरमा मंगलबार अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नेकपा एमालेको पक्षमा जनलहर आएको जिकिर गरे । उनी आज बिहान काठमाडौँबाट झापा पुगेका थिए । झापाको भद्रपुर र हल्दिबारीको आमसभामा सहभागी बनेर उनी अपराह्न मेचीनगरको धुलाबारी पुगेका हुन् । मेचीनगर मुलुकको प्रवेशद्वार भएको हुँदा तीव्र विकासका लागि एमालेका उम्मेदवारलाई जिताउन उनले मेचीनगरबासीलाई आह्वान गरे ।

उनले हल्दिबारी गाउँपालिका–१ गोलधाप र भद्रपुर नगरपालिका–३ को ज्ञानचोकमा आयोजित आमसभालाई सम्बोधन गरेका थिए ।