काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट बिदा लिने संकेत गरेका छन् ।
सामाजिक सञ्जालमार्फत घिमिरेले सक्रिय राजनीति त्याग्नेबारे स्थानीय निर्वाचनलगत्तै निर्णय लिने उल्लेख गरेका छन् ।
उनले लेखेका छन्–सक्रिय राजनीतिबाट बिदा लिउँकी भन्ने लागेको छ।स्थानीय चुनावको लगत्तै निर्णय लिन्छु।स्थानीय तहमा देशभरी उम्मेदवार बन्नु भएका साथीहरूलाई बिजयको शुभकामना छ!
नेपाल विद्यार्थी संघको पूर्वकेन्द्रीय अध्यक्षसमेत रहेका घिमिरे गत महाधिवेशनमा प्रदेश १ को सभापतिमा उद्धव थापासँग २ मतले पराजित भएका थिए ।
स्थानीय तहको निर्वाचनको उम्मेदवार छनोटको असन्तुष्टिलाई लिएर सत्तारुढ दल कांग्रेस भित्र पार्टी परित्याग गर्नेहरुको संख्या बढ्दै गएको छ ।
