शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

एभरेष्ट बैंकको तेस्रो त्रैमासिक नाफा एक अर्ब ५१ करोड

शुक्रबार, बैशाख ९ २०७९

काठमाडौँ l एभरेष्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ५१ करोड ६३ लाख २४ हजार रुपैंयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा एक अर्ब ५० करोड ७४ लाख ४६ हजार रुपैंयाँ रहेको थियो ।

हाल चुक्ता पुंजी नौं अर्ब ४६ करोड ७३ लाख ४० हजार रुपैंयाँ रहेको बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ६१ अर्ब ७९ करोड ६४ लाख ३५ हजार रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब ४३ अर्ब २८ करोड ४६ लाख ७५ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन अर्ब ५० करोड ५६ लाख ७० हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैैंकमा शुन्य दशमलव २६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव ५५ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने दुई अर्ब ७९ करोड ६१ लाख ६८ हजार रुपैंयाँ रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ६० अर्ब २२ करोड दुई लाख ५७ हजार रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब २७ अर्ब ६८ करोड ७२ लाख २५ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई अर्ब ८१ करोड ४३ लाख ४७ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दशमलव ३२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ३६ प्रतिशत रहेको थियो ।