शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने, कहिले कहाँ ?

शुक्रबार, बैशाख ९ २०७९

काठमाडौँ l पाँच दलीय गठबन्धनले सातै प्रदेशमा चुनावीसभा गर्ने भएका छन्।

महानगर र उपहानगरपालिकामा केन्द्रबाटै तालमेल टुंग्याएका पाँच दलले मत माग्नका लागि संयुक्तसभा गर्ने भएका हुन्। वैशाख १८ गते धनगढीबाट सुरु हुने सभा २२ गते काठमडौँमा समापन हुनेछ।

बिहीबार बसेको रामचन्द्र पौडेल नेतृत्वको चुनावी तयारी तथा अनुगमन समितिको बैठकले चुनावी सभाको कार्यतालिका तय गरेको हो। दलहरु एकै दिन दुई ठूला सहरमा सभा गर्ने जनाएका छन्। उक्त सभाहरुमा पाँच दलका शीर्ष नेताहरुसँगै अनुगमन समितिका संयोजक रामचन्द्र पौडेलले मात्रै सम्बोधन गर्नेछन्।

समितिका अनुसार १८ गते बिहान ११ बजे धनगढी र दिउँसो २ बजे सुर्खेतमा सभा गर्नेछन्।

त्यस्तै १९ गते ११ बजे बुटवल, २ बजे पोखरामा आमसभा गर्नेछन्, २० गते बिहान ११ बजे विराटनगरमा, २ बजे जनकपुरमारमा सभा हुनेछ। २२ गते दिउँसो १ बजे काठमाडौँमा सभा गरेर पाँचलले चुनावी माहोल बनाउने जनाइएको छ।

पाँच दलले भर्खरै सभाको कार्यतालिका सार्वजनिक गरे पनि एमालेले भने ठूला सभा गर्दै आएको छ।

यस्तो छ चुनावी सभाको कार्यतालिका

gathabandan-sabha.jpg