शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

एमाले सचिवालय बैठक बस्दै, के छ एजेन्डा ?

सोमबार, बैशाख ५ २०७९

काठमाडौँ l नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । बैठक एमालेले सोमबार साँझ साढे ६ बजेका लागि बोलाएको हो ।

स्थानीय तह निर्वाचनको घोषणापत्रलगायत निर्वाचनकै विषयमा छलफल गर्न बैठक बस्न लागेको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

केन्द्रीय सचिवालयको बैठक बस्नुअघि पार्टी केन्द्रीय कार्यालयको बैठक सोमबार बिहान ११ बजे बस्ने छ ।

बैठकमा महानगर र उपमहानगरको नेतृत्वका विषयमा पनि छलफल हुने बताइएको छ ।