शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

डिएसपी सिंह कीर्ते मुद्दामा दोषी ठहर

मंगलबार, चैत्र २९ २०७८

काठमाडौँ l नेपाल प्रहरीका निलम्बित डिएसपी रमेश बहादुर सिंहलाई कीर्ते मुद्दामा अदालतले दोषी ठहर गरेको छ । उनले उमेर सच्याएर जागिर खाएका थिए ।

कीर्ते गरी उमेर सच्याएर जागिर खाएको अभियोगमा सिंहविरुद्ध ३० असार २०७७ मा अख्त्यिार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्दा दायर भएको छ । २६ वर्षको उमेर हुँदा नागरिकताको प्रतिलिपी बनाई २५ वर्ष बनाएर इन्सपेक्टरमा भर्ना भएका थिए । नागरिकतामा उनले उमेर सच्याएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

गत २५ चैतमा बिशेष अदालतका अध्यक्ष श्रीकृष्ण पौडेल तथा न्यायाधीशहरु शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलाशले उनलाई दोषी ठहर गरेको हो ।