उत्कृष्ट सेवा प्रवाह गरेका कारण राष्ट्रपतिबाट ‘प्रबल जनसेवा देखि दर्जनौं अवार्ड प्राप्त गर्न सफल
काठमाडौँ l व्यवस्थापनकर्मीहरूको सम्मानित एवम् सर्वोच्च निकाय नेपाल व्यवस्थापन संघ (म्यान)ले नेपालको व्यवस्थापन क्षेत्रमा पु¥याउनु भएको योगदान र अनुकरणीय नेतृत्व कुशलताको कदर गर्दै एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई म्यानेजर अफ दि इयर अवार्ड २०२२ बाट सम्मानित गरेको छ ।
शनिबार राजधानीको याक एन्ड यति होटलमा नेपाल व्यवस्थापन संघले आयोजना गरेको समारोहमा न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरेको जानकारी दिएको छ ।
पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै म्यानेजर अफ दि इयर अवार्ड २०२२ का विजेता न्यौपानेले उक्त पुरस्कार सम्पूर्ण फिलो एनआईसी एशियन्सलाई समर्पण गर्दै उक्त पुरस्कारबाट सम्मानित गरेकोमा व्यवस्थापन संघ, पुरस्कार छनौट समिति तथा व्यवस्थापन संघका पदााधिकारीहरूप्रति कृतज्ञता जाहेर गरे ।
उनको पाँच वर्षको नेतृत्व अवधिमा बैंकको कुल कर्जा करिब ७३ अर्बबाट करिब चार गुणाले वृद्धि भई दुई खर्ब ७४ अर्ब पुगेको छ । त्यस्तै गरी निक्षेप संकलन तर्फ पनि ८६ अर्बबाट करिब चार गुणाले वृद्धि भई तीन खर्ब रुपैंयाँ पुगेको छ । साथै बैंकको प्रतिशेयर आम्दानी तर्फ करिब दुई गुणाले वृद्धि भई ४१ रुपैंयाँ ४३ पैसा पुगेको छ ।
बैंकले उनको नेतृत्वमा २०७८ पौष मसान्त सम्ममा देहाय बमोजिमको उत्साहजनक नतिजाहरू हासिल गरी समग्र बैंकिङ्ग क्षेत्रमा नै बैंक सर्वोत्कृष्ट बन्न सफल भएको छ । नेपालको वित्तीय इतिहासमा हासिल भएका उपलब्धीहरू मध्ये उपरोक्त उपलब्धीहरू ऐतिहासिक हुन् । उल्लेखित परिसूचकहरूमा बैंकलाई सर्वोत्कृष्ट स्थानमा पु¥याउनुका साथै नेतृत्व सम्हालेको छोटो समयमै देशभर करिब ३६ लाख भन्दा बढी ग्राहकहरूसँग शाखा सञ्जालका साथै आधुनिक डिजिटल च्यानलहरू मार्फत सहज, सबल, गतिशील, विश्वसनीय एवं उत्तरदायी बैंकिङ्गको नाता स्थापित गर्न र विभिन्न प्रमुख वित्तीय तथा गैर वित्तीय सूचकांकहरूमा देशको सर्वोत्कृष्ट बैंकको रुपमा स्थापित गराउन वहाँको नेतृत्वमा बैंक सफल भएको छ ।
साथै, समस्त ग्राहकहरू, शेयरधनी एवं समस्त सरोकारवालाहरूको साथ, सहयोग र हौसलाले बैंकलाई कर्जा, निक्षेप, शाखा सञ्जाल, स्व–पूँजीमा प्रतिफल लगायत अधिकांश वित्तीय तथा गैर वित्तीय सूचकांकहरूमा सर्वोत्कृष्ट स्थानमा कायम राख्न समेत नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको प्रमुख कार्यकारी अधिकृतलाई प्राप्त यस ‘म्यानेजर अफ दि इयर अवार्ड २०२२’ सम्मानले बैंकको सञ्चालक समिति, डिएनए ओभर साईट कमिटी लगायत सम्पूर्ण बैंक परिवारलाई गौरवान्वित बनाएको छ । यस पुनीत अवसरमा प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई सम्पूर्ण बैंक परिवार हार्दिक बधाई ज्ञापन गर्दै बैंक नेपाल व्यवस्थापन संघ प्रति हार्दिक कृतज्ञता जाहेर गरेको छ । प्रमुख कार्यकारी न्यौपाने सम्माननीय राष्ट्रपतिबाट ‘प्रबल जनसेवा श्री (चतुर्थ)’, ‘ कर्पोरेट सिईओ अफ दि एयर, २०७८ र ग्लोवल बिजनेश आउटलुक (जिबिओ लण्डनबाट बैंकिङ सिईओ अफ दि एयर २०२१ बाट समेत सम्मानित भएका थिए ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका तीन सय ५८ वटा शाखा कार्यालयहरू, चार सय ७३ वटा एटिएम, एक सय एक वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब तीन अर्ब १६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।
जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।