बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नेप्सेमा उच्च अंकले गिरावट

मंगलबार, चैत्र २२ २०७८

काठमाडौँ l नेप्से उच्च अंकले घटेको छ । साताको तेस्रो कारोबार आज मंगलबार नेप्से ४६ दशमलव ४६ अंकले घटेर २४ सय ५२ दशमलव छ अंकमा पुग्दा सेन्सिटिभ पनि आठ दशमलव ३४ अंकले घटेर चार सय ५८ दशमलव २२ अंकमा झरेको छ ।

दुई सय २८ वटा कम्पनीहरुको ४५ हजार आठ सय ९४ पटकको कारोबारमा ५८ लाख ४१ हजार नौं सय ९८ कित्ता सेयर किनबेच भएका छन् भने कारोबार रकम दुई अर्ब ६७ करोड १२ लाख ३२ हजार तीन सय ८८ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएका छन् । सो मध्ये होटल तथा पर्यटन समुहको सुचक बढेको छ भने बाँकी समुहहरुको सुचक घटेका छन् ।

ति मध्ये वाणिज्य बैंक समुहको सुचक १८ दशमलव आठ अंकले घटेर १६ सय ११ दशमलव ३२ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि ६१ दशमलव १८ अंकले घटेर २८ सय ४८ दशमलव ५१ अंकमा पुगेको छ ।

फाईनान्स समुहको सुचक पनि ५३ दशमलव ८५ अंकले घटेर १९ सय २८ दशमलव ७१ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि तीन सय ४५ दशमलव दुई अंकले घटेर ११ हजार पाँच सय २८ दशमलव ८९ अंकमा पुगेको छ । यि बाहेक विकास बैंक, जीवन बीमा, ट्रेडिङ, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेका छन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा इर्मर्जिङ नेपाल लिमिटेड पहिलो स्थानमा परेको छ ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा हिमालयन डिष्ट्रिलरी प्राली पहिलो स्थानमा रेको छ ।