शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

३२ अर्ब १० करोड ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, बाेलकबाेल कहिले ?

सोमबार, चैत्र २१ २०७८

काठमाडौँ l नेपाल राष्ट्र बैंकले ३२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

भोलि सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न लागिएको राष्ट्र बैंकको भनाई छ । 

चैत्र २२ गते जारी मिती तोकिएको उक्त ट्रेजरी वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले खरिद गर्न सक्ने छन् ।

सो ट्रेजरी मध्येमा २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको नौं अर्ब १० करोड, एक सय ८२ दिने अवधिको १० अर्ब र तीन सय ६४ दिने अवधिको ११ अर्ब रुपैयाँको रहेको छ ।

यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमश: २०७९ बैशाख २० गते, २०७९ असार २१ गते, २०७९ असोज १८ गते र २०७९ चैत्र २१ गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।