काठमाडौँ l सन् २०२२, मार्च २० देखि २६ सम्म नेपाली सेना र अमेरिकी सेनाका नेभी अधिकृतहरूले काठमाडाैंकाे छाउनीस्थित नेपाली सेनाकाे वीरेन्द्र अस्पताल काठमाडौंमा प्राकृतिक वा अन्य प्रकारका विपत्तीमा गरिने हवाइ चिकित्सा उद्धारका क्रममा थाहा नभइ नहुने विभिन्न विषयवस्तुमा अनुभव आदान-प्रदान कार्यकुम गरिएकाे जानकारी हुन आएकाे छ ।






“Medical Evacuation Information Exchange 22” नाम दिइएको उक्त कार्यक्रम समापनका क्रममा नेपाली तथा अमेरिकी दुवै सेनाका टोलीहरूले छाउनीस्थित सैनिक ब्यारेकमा हेलिकप्टरद्वारा गरिने चिकित्सकीय उद्धारलगायत सो सम्बन्धी विविध तिरकाहरूको प्रदर्शन गरिएको बताइएकाे छ ।
(तस्बिरहरू : अमेरिकी राजदूतावास, काठमाडाैं)