शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

महन्थ ठाकुर नेतृत्वको लोसपाले पनि बोलायो केन्द्रीय कार्यकारिणी बैठक 

मंगलबार, चैत्र १५ २०७८

काठमाडौं ।  महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।  स्थानीय तहको निर्वाचन लगायतको विषयमा निर्णय लिन लोसपाले पहिलो पटक बैठक बोलाएको हो ।

बबरमहलस्थित लोसपा केन्द्रीय कार्यालयमा भोलिबाट बस्ने कार्यकारिणी समितिको बैठकले स्थानीय तहको निर्वाचन, पार्टीको आन्तरिक संगठन र चुनावी गठबन्धनलगायतका बारेमा छलफल गर्ने बताइएको छ ।

‘पार्टी स्थापना भएपछि पहिलो पटक कार्यकारिणी समितिको बैठक बोलाइएको छ, सो बैठकले स्थानीय तहको निर्वाचनदेखि अन्य समयसामयिक राजनीतिक विषयमा छलफल गर्नेछ,’ सदस्य केशव झाले भने । 
उनका अनुसार देशैभरीको रिर्पोट संकलन गरेर आएका २८ जना नेताले बैठकमा आफनो धारणा राख्नेछन् । सोही अनुसार पार्टीको आन्तरिक संगठन, आगामी स्थानीय निर्वाचनमा तालमेललगायतका विषयमा पार्टीले आफ्नो धारणा बनाउने छ ।