बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चुनावी गठबन्धनबारे कांग्रेसले आज निर्णय गर्ने

मंगलबार, चैत्र १५ २०७८

काठमाडौँ l नेपाली कांग्रेसले सत्ता साझेदार दलहरूबीच स्थानीय चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा आज निर्णय गर्ने भएको छ।

केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्य समिति बैठकमा धारणा राख्ने नेताहरुले कतिपय ठाउँमा गठबन्धनसँग समझदारी गरेर नै जानुपर्नेमा जोड दिएका छन्। आज विहान साढे ३ बजे बस्ने बैठकले गठबन्धन गर्ने वा नगर्ने बारे टुंगो लगाउने प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी दिए।

११ चैतदेखि शुरू भएको केन्द्रीय समिति बैठकमा सबै नेताहरूको बोल्न क्रम सकिएको छ। चुनावी तालमेलबारे दुई थरी धारणा आइरहेको प्रवक्ता महतले जानकारी दिए।

प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवा पक्षका नेताहरू गठबन्धनका पक्षमा देखिन्छन्। उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य डा. शेखर कोइराला लगायत नेताहरूले कुनै पनि हालतमा गठबन्धन गर्न नहुने धारणा राख्दै आएका छन्।

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल लगायतले स्थानीय चुनावमा कांग्रेसले आफ्नो पार्टीलाई सघाउनुपर्ने माग गर्दै आएका छन्।