काठमाडौँ l प्रधान सेनापति महारथी प्रभुराम शर्माबाट २०७८ चैत्र ०८ गते दाङ्ग जिल्ला, घोराहीस्थित १९ बाहिनी अड्डा, बझाङ्ग जिल्लास्थित वीरभद्रजङ्ग गुल्म र डोटी जिल्ला, दिपायलस्थित ५ बाहिनी अड्डाको निरीक्षण भ्रमण गरिएको छ ।
भ्रमणको दौरान प्रधान सेनापति शर्माबाट बाहिनी अड्डाहरु तथा गुल्मको तैनाथीको वर्तमान अवस्था, वस्तुस्थितिलगायत विविध पक्षबारे जानकारी हासिल गर्नुका साथै सकलदर्जाहरुलाई सम्बोधन समेत गरिएको थियो ।
निरीक्षणकै क्रममा प्रधान सेनापति महारथी शर्माले नेपाली सेनाबाट बझाङ्ग जिल्लामा संचालन गरिरहेको अपरेशन “हिमाल दर्शन” को स्थलगत निरीक्षण गर्नुका साथै अपरेशनमा सहभागी फौजसँग भेटघाट तथा सम्बोधन समेत गरिएको थियो ।
मध्य कमाण्ड हेडक्वार्टर र पश्चिम कमाण्ड हेडक्वार्टर अन्तर्गतका युनिटहरुको तीन दिने निरीक्षण भ्रमणको क्रममा रहेका प्रधान सेनापति महारथी शर्माले २०७८ चैत्र ९ गते बाजुरा जिल्लास्थित दुर्गाभञ्जन गुल्मको निरीक्षण भ्रमण र नं. ५ बाहिनी अड्डामा संचालन हुने “भू.पू. सैनिक सम्मेलन-२०७८” को उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जानकारी दिएकाे छ ।
साथै, प्रधान सेनापति महारथी शर्मा २०७८ चैत्र १० गते डोटी जिल्लास्थित रुद्रध्वज गणको निरीक्षण भ्रमण र धनगढीस्थित भवानीदल गणमा संचालन हुने “भू.पू. सैनिक सम्मेलन-२०७८” मा सहभागी हुने कार्यक्रम रहेको छ ।