शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

भीडले महिला प्रहरी मार्यो,अवस्था तनावपूर्ण

सोमबार, चैत्र ७ २०७८

काठमाडौँ l मोरङको लेटाङमा शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विषयमा झडप हुँदा​ एक महिला प्रहरीको मृत्यु भएको छ। 

घटनामा घाइतेमध्ये प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो। घाइतेहरुलाई उपचारार्थ कोशी अस्पताल लगिए पनि श्रेष्ठलाई अस्पतालले १०ः५० मा मृत घोषणा गरेको प्रदेश १ का प्रहरी प्रवक्ता एसपी नवीन राईले जानकारी दिए।

घटनामा मोरङका एसपी जनार्दन जिसीसहित डेढ दर्जन प्रहरी घाइते भएका छन्। लेटाङ नगरपालिका ५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका एक शिक्षकले विद्यालयकै एक छात्रालाई करणी गरेको भन्दै विद्यालय क्षेत्र तनावग्रस्त बनेको थियो।

सोही तनाव नियन्त्रणमा खटिएको बेला प्रहरीमाथि आक्रोशित स्थानीयको भीडले आक्रमण गरेको हो।