शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

राष्ट्र बैंकले पुन ११ अर्ब ८३ करोड रुपैयाँँको ट्रेजरी बिक्री गर्ने

सोमबार, चैत्र ७ २०७८

काठमाडौँ l नेपाल राष्ट्र बैंकले पुन ११ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ । भोलि सोमबार अपरान्ह तीन बजेसम्ममा उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न लागेको हो । 

राष्ट्र बैंकका अनुसार ट्रेजरी खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्नेछ । चैत्र आठ गते जारी मिती तोकिएको उक्त ट्रेजरी मध्ये ९१ दिने अवधिको पाँच अर्ब ५३ करोड, एक सय ८२ दिने अवधिको चार अर्ब ३० करोड र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँको रहेको छ ।

सो मध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७९ असार सात गते, एक सय ८२ दिनेको २०७९ असोज चार गते र तीन सय ६४ दिनेको २०७९ चैत्र सात गते परिपक्व हुने मिती तोकिएको छ ।  

यही चैत्र एक गते पनि १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।