शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

क्रिप्टो करेन्सीमा प्रियंका कार्की पनि संलग्न,सिआइबीले थाल्यो छानविन

आइतबार, चैत्र ६ २०७८

काठमाडौँ l क्रिप्टोकरेन्सीको प्रचार गरेको आरोपमा नायिका प्रियंका कार्कीलाई केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिन बोलाएको छ।

सामाजिक सञ्जालमा क्रिप्टोकरेन्सीको प्रचार गर्दै भिडियो पोस्ट गरेपछि कार्कीलाई बयानका लागि आइतबार ब्युरोका प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिएका छन् l

आइतबार दिउँसो उनी बयान दिन अपराध अनुसन्धान ब्युरो पुगेको एसपी महतोले जानकारी दिए।

कार्कीले केही दिनअगाडि सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै भनेकी थिइन्- ‘क्रिप्टोकरेन्सीमा मैले लगानी गरेको छु। तपाईँहरु पनि लगानी गर्नुस्।’

नेपाल राष्ट्र बैँकले भने क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी हुने भन्दै नगर्न सबैलाई चेतावनी दिएको छ।