शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

बार्सिलोना क्वाटरफाइनलमा

शुक्रबार, चैत्र ४ २०७८

काठमाडौँ l घरेलु मैदानमा भएको पहिलो लेगमा गोलरहित बराबरीमा रोकिएको बार्सिलोनाले यूइएफए युरोपा लिगको दोस्रो लेगमा बिहीबार राति गालातासारेविरुद्ध २-१ अन्तरको जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाएको छ ।

टर्की स्तानबुलमा भएको खेलमा  क्याटलान क्लब बार्सिलोनाले सानदार खेल प्रदर्शन गर्दै नतिजा आफ्नो पक्षमा ल्याएको हो । यस संगै बार्सिलोनाले पछिल्लो ११ खेलमा आफ्नो अपराजित यात्रा कायम राखेको छ  ।

बार्सिलोनाको पुनरागमन जितमा पेड्री र पिएरे एमेरिक औबामेयाङले एक एक गोल गरे । यस अघि खेलको २८औं मिनेटमा गालातासारेका मार्काओले अग्रता बनाएका थिए ।

पेड्रीले ३७औं मिनेटमा बराबरी गोल गर्दा औबामेयाङले ४९औं मिनेटमा विजयी गोल गरेका थिए ।