शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सेनाका अर्का जर्नेललाई फुली थप

सोमबार, फाल्गुन ३० २०७८

काठमाडौं । उपरथी दर्जामा पदोन्नति भएका प्रेमध्वज अधिकारीलाई प्रधान सेनापति प्रभुराम शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

आइतबार जंगी अड्डामा आयोजित कार्यक्रमकाबीच प्रधानसेनापति शर्माले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । सहायक रथी अधिकारी यही फागुन २६ गतेको नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय अनुसार उपरथी पदमा पदोन्नति भएका थिए । 

पदोन्नति भएका उपरथी अधिकारी राष्ट्रिय निकुञ्ज तथा पर्यावरण संरक्षण महानिर्देशनालयमा नियुक्त भएका छन् ।